रवि लामिछानेमाथिको सङ्गठित अपराध आरोप हटाउन अदालतको स्वीकृति

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ५

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध रहेको सङ्गठित अपराधसम्बन्धी अभियोग हटाउन अनुमति दिएको छ।

अदालतको आदेशपछि लामिछानेसहितका प्रतिवादीमाथिको मुद्दा अब सहकारी ठगीसम्बन्धी आरोपमा केन्द्रित हुने भएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले कानुनी प्रक्रियाअनुसार अभियोग संशोधन गर्न अनुमति दिएको हो।

सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको अभियोगपत्र संशोधनसम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सङ्गठित अपराधको दाबी फिर्ता लिन बाटो खुलाएको हो। भने सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहनेछ।b

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *