|
२०८३ असार ४
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा महाधिवेशन आयोजना गर्ने कार्यतालिका स्वीकृत गरेको छ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनसँग सम्बन्धित निर्वाचन निर्देशिका र नियमावलीलाई आवश्यक संशोधनसहित अनुमोदन गरेको जनाएको छ।
राप्रपाले भदौभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने र असोज मसान्तसम्म सक्रिय सदस्यता वितरणको काम टुंग्याउने योजना पनि अघि सारेको छ। महाधिवेशन तयारीसम्बन्धी प्रस्तावहरू अब केन्द्रीय समितिमा छलफलका लागि पेश गरिनेछन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्