|
२०८३ असार ४
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा दुई देशबीचको कानुनी सहकार्य, सुशासन, लगानी प्रवर्द्धन तथा न्याय प्रणाली सुधारका विषयमा विचार आदानप्रदान भएको बताइएको छ।
मन्त्री गौतमले कानुनको डिजिटाइजेसनमार्फत नागरिकलाई न्यायमा सहज पहुँच उपलब्ध गराउने प्रयासबारे जानकारी दिँदै विभिन्न कानुनी क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाउन नेपाल इच्छुक रहेको बताइन्। भेटमा मानव बेचबिखन नियन्त्रण, कानुनी सहायता र लगानीमैत्री वातावरण निर्माणका विषय पनि उठाइएको थियो।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्