|
२०८३ असार ४
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि करिब साढे ४ अर्ब रुपैयाँ बजेट पाएको छ।
प्रतिनिधिसभामा बोल्दै प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयका लागि सरकारले कुल बजेटको करिब एक प्रतिशत रकम छुट्याएको जानकारी दिए।
नयाँ मन्त्रालय भएकाले आगामी कार्यक्रम र योजना निर्माण गर्न केही बजेट अबन्डा राखिएको मन्त्री पुनले बताए। उनले उपलब्ध बजेटमार्फत विज्ञान र प्रविधि क्षेत्रमा नयाँ पहल अघि बढाइने उल्लेख गरे।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्