लुम्बिनीमा एमालेको संगठन सुदृढीकरण बैठक सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ४

बुटवल, असार ४ — नेकपा एमालेले पार्टी पुनर्गठन र निर्वाचन समीक्षालाई केन्द्रमा राख्दै लुम्बिनी प्रदेशस्तरीय बैठक आजदेखि कपिलवस्तुको चन्द्रौटामा सुरु गरेको छ।

दुई दिनसम्म चल्ने बैठकमा प्रदेशका १२ जिल्लाका पार्टी नेतृत्व, केन्द्रीय सदस्य तथा शीर्ष नेताहरू सहभागी छन्। कार्यक्रममा संगठन विस्तार, निर्वाचन परिणामको समीक्षा र आगामी राजनीतिक रणनीतिबारे छलफल हुने जनाइएको छ।

एमालेले यसअघि बागमती र कोशी प्रदेशमा पनि यस्तै कार्यक्रम सम्पन्न गरिसकेको छ। लुम्बिनी बैठकलाई संगठन सुदृढीकरण अभियानको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *