दुर्घटनाका मृतकको सम्झनामा रोशी गाउँपालिकामा सार्वजनिक बिदा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ४

काभ्रे, असार ४ — सवारी दुर्घटनामा ज्यान गुमाएका स्थानीयवासीको सम्मानमा रोशी गाउँपालिकाले असार ५ गते शुक्रबार शोक बिदा घोषणा गरेको छ।

गाउँपालिकाका अनुसार गत जेठ २९ गते बीपी राजमार्गको बुच्चाकोट क्षेत्रमा भएको बस दुर्घटनामा रोशीका सात जना सहित आठ जनाको मृत्यु भएको थियो। सोही घटनाको स्मरणमा गाउँपालिका मातहतका सबै कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थामा एक दिन बिदा दिइने निर्णय गरिएको हो।

गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *