|
२०८३ असार ३
काठमाडौँ — धितोपत्र बजारमा बुधबार नेप्से परिसूचक सामान्य रूपमा बढेको छ। कारोबारको अन्त्यमा नेप्से ०.०८ अंकले उकालो लागेर २७०५.५३ बिन्दुमा पुगेको हो।
आज ३५२ कम्पनीका ८३ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ६३ करोड रुपैयाँ नाघेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फास्टक्चर एण्ड डेभलपमेन्ट अग्रस्थानमा रह्यो।
बजारमा सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर र बुङ्गल हाइड्रोलगायतका कम्पनीका लगानीकर्ताले नाफा कमाउँदा केही डिवेञ्चर तथा अन्य कम्पनीका लगानीकर्ताले घाटा व्यहोरेका छन्। समग्रमा बजार स्थिर रहे पनि कारोबार गतिविधि उल्लेख्य देखिएको छ।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्