|
२०८३ असार ३
काठमाडौँ, असार ३ — पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मदिनको अवसरमा असार २३ गते निर्मल निवासमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ।
पूर्वराजाका सचिवालयका अनुसार उक्त दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शुभेच्छुक तथा सर्वसाधारणलाई निर्मल निवास प्रवेशको व्यवस्था मिलाइनेछ। कार्यक्रममा उपस्थित व्यक्तिहरूले पूर्वराजासँग भेटघाट गरी शुभकामना आदानप्रदान गर्न सक्ने जनाइएको छ।
जन्मोत्सवलाई लक्षित गर्दै विभिन्न वर्ग र समुदायका नागरिकलाई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्