|
२०८३ असार ३
काठमाडौँ, असार ३ — अमेरिका र इरानबीच शान्ति सहमतिको संकेत देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। आपूर्ति अवरोधको जोखिम कम हुने अपेक्षाले ब्रेन्ट तेल तीन महिनापछि पहिलोपटक ८० डलरभन्दा तल झरेको हो।
मंगलबार ब्रेन्ट कच्चा तेलको मूल्य करिब ४ प्रतिशतले घटेर प्रतिव्यारेल ७९.८७ डलर पुगेको छ भने डब्लुटीआई तेलको मूल्य पनि घटेको छ।
विश्वको प्रमुख ऊर्जा ढुवानी मार्ग स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा आउने सम्भावनाले बजारमा सकारात्मक प्रभाव परेको विश्लेषकहरूले बताएका छन्। तनाव कम हुँदै गएमा आगामी दिनमा तेलको मूल्य अझै घट्न सक्ने अनुमान गरिएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्