|
२०८३ असार २
चितवन, असार २ — शनिबार र आइतबारको दुई दिने सार्वजनिक बिदा कार्यान्वयनसँगै चितवनका पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको छ।
सौराहा क्षेत्रमा होटल, रेष्टुरेन्ट तथा जङ्गल सफारी सेवा भरिभराउ भएका छन्। हात्ती सफारी, जीप सफारी, राप्ती नदीमा डुङ्गा सयर तथा वन्यजन्तु अवलोकनका गतिविधिहरूमा पर्यटकको आकर्षण बढेको व्यवसायीहरूले बताएका छन्।
व्यवसायीका अनुसार बिदाको समयलाई घुमफिरमा उपयोग गर्ने प्रवृत्ति बढ्दै जाँदा आन्तरिक पर्यटन चलायमान भएको छ। विशेषगरी गर्मी याम भए पनि सौराहा र आसपासका क्षेत्रहरूमा पर्यटकको आगमन निरन्तर वृद्धि भइरहेको छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्