७७५ ‘बिवाइडी’ विद्युतीय सवारी साधन नियन्त्रणपछि फुकुवा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २

मुस्ताङ, असार २ — मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका ७७५ बिवाइडी ब्रान्डका विद्युतीय सवारी साधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि पुनः फुकुवा गरिएको छ।

भन्सार प्रक्रिया र पैठारीमा शंका लागेपछि नियन्त्रणमा लिइएका ती सवारी साधनबारे अर्थ मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। प्रारम्भिक प्रतिवेदनमा कुनै कैफियत नदेखिएको जनाइएको छ।

छानबिनपछि नियन्त्रणमा रहेका सबै सवारी साधन सम्बन्धित पक्षलाई जिम्मा लगाइएर गन्तव्यतर्फ पठाउन थालिएको छ। भन्सार प्रक्रिया पूरा भएका सवारी साधन क्रमशः गन्तव्यमा लैजाने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *