महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा सेना परिचालन

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३१

महेन्द्रनगर, जेठ ३१ — कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको चार लेन पक्की पुलको उत्तरतर्फको गाइडबण्ड पुनर्निर्माणमा नेपाली सेना खटिएको छ।

बाढीले क्षति पुर्‍याएको संरचना मर्मत तथा थप जोखिम न्यूनीकरणका लागि सडक डिभिजन कार्यालय कञ्चनपुरको समन्वयमा सेनाले काम सुरु गरेको हो।

गत वर्ष पनि सो क्षेत्रमा बाढी नियन्त्रणका लागि सेना परिचालन गरिएको थियो। यसपटक पनि तटीय बस्ती र पुल संरचना जोगाउन तत्काल पुनर्निर्माण कार्य अघि बढाइएको अधिकारीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *