भिरबाट टेम्पो खसेको घटनामा वन कार्यालयको स्पष्टीकरण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३१

घोडाघोडी, जेठ ३१ — कैलालीको गोदावरी नगरपालिका–४ स्थित चुरे वन क्षेत्रमा टेम्पो भिरबाट खसालिएको घटनाबारे वन डिभिजन कार्यालयले स्पष्टीकरण दिएको छ।

कार्यालयले आज पत्रकार सम्मेलन गर्दै उक्त टेम्पो चल्ने अवस्थामा नरहेको र हटाउने क्रममा असन्तुलनका कारण दुर्घटनावश भिरबाट खसेको जनाएको छ। घटनालाई नियतवश गरिएको भन्ने आरोप गलत भएको दाबी गरिएको छ।

वन कार्यालयका अनुसार सो स्थानमा अतिक्रमण नियन्त्रण अभियान चलिरहेको र अवैध संरचना हटाउने क्रममा उक्त घटना भएको हो। कार्यालयले घटनालाई अतिरञ्जित नगर्न आग्रह गर्दै वन संरक्षणका काम नियमित रूपमा जारी रहने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *