|
२०८३ जेष्ठ ३१
काठमाडौँ, जेठ ३१ — ललितपुरको हरिसिद्धिबाट ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीले शंकास्पद कारलाई रोक्न खोज्दा चालकले बेवास्ता गरेपछि हवाई फायर गरी नियन्त्रणमा लिएको जनाएको छ। जाँचका क्रममा कारभित्र लुकाइराखिएको २० हजार क्याप्सुल ट्रामाडोल फेला परेको थियो।
घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले लागूऔषध ओसारपसारमा प्रयोग भएका सवारीसाधन र मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्