|
२०८३ जेष्ठ ३१
काठमाडौँ, जेठ ३१ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी स्थानीय तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै देशव्यापी जनजागरण अभियान सुरु गरेको छ।
पार्टीले केन्द्रीय सदस्यहरूलाई जनतामाझ परिचालन गर्दै संगठन सुदृढीकरण र मतदाता आकर्षित गर्ने उद्देश्य राखेको जनाएको छ। अभियानअन्तर्गत जनतासँग प्रत्यक्ष संवाद, जनमत संकलन तथा स्थानीय तहमा सक्षम नेतृत्व विकासमा जोड दिइने बताइएको छ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार अभियानले जनतासँगको सम्बन्ध थप मजबुत बनाउने र आगामी निर्वाचनमा पार्टीको प्रतिस्पर्धी क्षमता बढाउने लक्ष्य राखेको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्