देशका विभिन्न जिल्लामा पाँच जना मृत अवस्थामा फेला, अनुसन्धान जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ३०

काठमाडौं सहित देशका विभिन्न स्थानमा शनिबार पाँच जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं महानगरपालिका–३२ तिनकुनेको झाडीमा अन्दाजी ३५ वर्षीय पहिचान नखुलेका पुरुष मृत अवस्थामा भेटिएका छन्।कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित अछाम होटलमा बैतडीका ४० वर्षीय भुवन प्रसाद भट्ट मृत फेला परेका छन्।बर्दियाको गुलरिया नगरपालिका–११ भादा नदी किनारमा ३६ वर्षीय राज कुमार थारू मृत अवस्थामा फेला परेका छन्।झापाको

बिर्तामोड–१ स्थित बाँसघारीमा ३५ वर्षीय अशोक कँडेल मृत भेटिएका छन्।चितवनको भरतपुर–१ नारायणी नदीमा काठमाडौंका ५९ वर्षीय वामदेव शर्मा अधिकारीको शव फेला परेको प्रहरीले जनाएको छ।प्रहरीले सबै घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *