|
जेष्ठ ३०, २०८३
हुम्ला : हुम्लाको सर्केगाड गाउँपालिका–६ बराइमा सडक खन्ने क्रममा स्काभेटर पल्टिँदा चालकको ज्यान गएको छ। बिहीबार राति सडक निर्माणको क्रममा स्काभेटर करिब ५० मिटर तल खस्दा दैलेख घर भई बर्दियामा बस्दै आएका करिब २५ वर्षीय कृष्ण रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट अनुसन्धान टोली खटिएको र प्रारम्भिक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्