सुस्ता विवाद पुरानै समस्या, प्रधानमन्त्रीको अभिव्यक्तिसँग सम्बन्ध छैन : प्रवक्ता पोखरेल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २९

काठमाडौं, २९ जेठ — सरकारले नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको भारतीय एसएसबीको गतिविधि प्रधानमन्त्रीको अभिव्यक्तिका कारण नभएको स्पष्ट पारेको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सुस्तासम्बन्धी समस्या वर्षौँदेखि रहँदै आएको विषय भएको बताउँदै यसलाई हालैको राजनीतिक अभिव्यक्तिसँग जोड्न नहुने बताए।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुस्ताको भूमि संरक्षणमा स्थानीय नेपाली नागरिकहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।

उनका अनुसार सीमा सम्बन्धी विषय समाधानका लागि नेपाल र भारतबीच कूटनीतिक संवाद जारी छ र आवश्यक छलफल तथा वार्तामार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *