|
२०८३ जेष्ठ २९
काठमाडौं, जेठ २९ — तीन वर्षदेखि कोमामा रहेकी थाइल्याण्डकी राजकुमारी बज्रकितियाभाको ४७ वर्षको उमेरमा निधन भएको छ। सन् २०२२ मा व्यायामका क्रममा अचानक बिरामी परेपछि उनी अचेत अवस्थामा पुगेकी थिइन्।
थाइ शाही दरबारका अनुसार लामो उपचारपछि पनि स्वास्थ्यमा सुधार नआएपछि बिहीबार राति उनको निधन भएको हो। राजा वजिरालोङकोर्नकी जेठी छोरी रहेकी बज्रकितियाभा कानुनविद् तथा प्रभावशाली सार्वजनिक व्यक्तित्वका रूपमा परिचित थिइन्। उनको निधनसँगै थाइल्याण्डको शाही उत्तराधिकारबारे नयाँ बहस सुरु भएको छ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्