चर्को गर्मीका कारण बाँकेका विद्यालय केही दिन बन्द

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २७

नेपालगन्ज : बढ्दो तापक्रमका कारण बाँकेका नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालयमा गर्मी बिदा घोषणा गरेका छन्। अत्यधिक गर्मीले विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै केही दिनका लागि पठनपाठन स्थगित गरिएको हो।

नेपालगञ्जमा जेठ २६ देखि २९ गतेसम्म र खजुरामा जेठ २७ देखि ३१ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहनेछन्।

हाल बाँके क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसका कारण जनजीवनसमेत प्रभावित बनेको छ। स्थानीय प्रशासनले गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *