कुलेखानी सडकमा दुई जीप ठोक्किए, १४ जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २३

मकवानपुर, जेठ २३ — मकवानपुरको इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा शनिबार सुमो र बोलेरो जीप एकापसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ भने अन्य १० जनाको उपचार भइरहेको छ। सबै घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

दुर्घटनापछि सुमो चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *