एसीसी महिला प्रिमियर कप : भुटानविरुद्ध नेपालको चुनौतीपूर्ण लक्ष्य

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २१

काठमाडौं, जेठ २१ — एसीसी महिला प्रिमियर कपअन्तर्गत जारी खेलमा नेपालले भुटानलाई जितका लागि ११४ रनको लक्ष्य दिएको छ।

मलेसियामा भइरहेको खेलमा पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटियो। नेपालको इनिङ्समा सीता रानामगरले सर्वाधिक ३७ रन बनाइन् भने रुबिन क्षेत्रीले २४ रनको योगदान दिइन्।

भुटानका बलरहरूले प्रभावशाली प्रदर्शन गर्दै नेपाललाई ठूलो स्कोर बनाउन दिएनन्। अब भुटानले जितका लागि ११४ रनको लक्ष्य पछ्याउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *