कांग्रेस अनुशासन समितिको बैठक आज

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २१

काठमाडौँ, जेठ २१ — नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय, बीपी नगर ललितपुरमा दिउँसो १ बजेका लागि बैठक तय गरिएको हो।

बैठकमा अनुशासन समितिका संयोजकसहित सबै सदस्यहरूको सहभागिता रहने जनाइएको छ। समितिले सम्बन्धित पदाधिकारी तथा सदस्यहरूलाई समयमै उपस्थित हुन आग्रह गरेको छ।

बैठकमा पार्टीभित्रका अनुशासनसम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *