कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २०

काठमाडौँ, जेठ २० — कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि तयार गरेको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ।

मङ्गलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृत गर्दै आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यज्ञराज जोशी मार्फत प्रस्तुत गर्ने निर्णय गरेको हो।

सरकारले कर्णालीको मौलिकता झल्किने, कार्यान्वयनयोग्य र छिटो प्रतिफल दिने योजनालाई प्राथमिकतामा राखेको जनाएको छ।

त्यसैगरी, बैठकले सशस्त्र संघर्ष तथा जनआन्दोलनका घाइते व्यक्तिहरूलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउन करिब ४ करोड ७४ लाख रुपैयाँ बराबरको बजेट निकासा गर्ने निर्णय पनि गरेको छ। उक्त रकम स्थानीय तहमार्फत वितरण गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *