|
२०८३ जेष्ठ २०
काठमाडौं, जेठ २० — एसीसी महिला प्रिमियर कपअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कतारबाट ७७ रनको लक्ष्य पाएको छ। मलेसियामा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको कतार १६.५ ओभरमा सबै विकेट गुमाउँदै ७६ रनमा सीमित भयो।
कतारका लागि गेटरुडे चन्दिरुले सर्वाधिक २५ रन जोडिन् भने कप्तान आइशाले १० रन बनाइन्। नेपालका बलरहरूले अनुशासित प्रदर्शन गर्दै विपक्षी टोलीलाई ठूलो स्कोर बनाउन दिएनन्।
नेपालका तर्फबाट रुबिना क्षेत्रीले तीन विकेट लिएर उत्कृष्ट बलिङ गरिन्। कविता कुँवर, पूजा महतो र रिया शर्माले समान एक–एक विकेट हात पारे। अब नेपालले जितका लागि ७७ रनको लक्ष्य पछ्याउनेछ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्