|
२०८३ जेष्ठ १८
काठमाडौं, जेठ १८ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको समर्थन गरेका छन्।
एक सार्वजनिक कार्यक्रममा बोल्दै सुनारले नेपाल–भारत सम्बन्धलाई यथार्थपरक ढंगले हेर्नुपर्ने धारणा राखे। उनले सीमासम्बन्धी विषयमा एकपक्षीय चर्चा मात्र पर्याप्त नहुने उल्लेख गर्दै दुवै पक्षका दाबी र तथ्यलाई निष्पक्ष रूपमा समीक्षा गर्नुपर्ने बताए।
सुनारले भारतसँगको खुला सीमा र रोजगारीका अवसरबाट धेरै नेपाली लाभान्वित भएको पनि उल्लेख गरे। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भइरहेको आलोचनाप्रति प्रतिक्रिया दिँदै उनले त्यसलाई अनावश्यक रूपमा विवादित बनाइएको दाबी गरे।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्