|
२०८३ जेष्ठ १८
तनहुँ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गत नौ वटा पालिकामा नयाँ नेतृत्व चयन गरिएको छ। संगठन विस्तार अभियानअन्तर्गत जिल्लाका दश पालिकामध्ये नौ पालिकामा अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति गठन गरिएको हो।
नवगठित समितिहरूमा व्यास नगरमा चूडामणि दाहाल, भिमाद नगरमा उत्तम सुवेशी, भानु नगरमा विष्णु पोख्रेल, देवघाट गाउँमा बलबहादुर क्षेत्री र आँबुखैरेनी गाउँमा राम श्रेष्ठ सभापति चयन भएका छन्। त्यसैगरी बन्दीपुरमा शम्भु श्रेष्ठ, घिरिङमा प्रेम थापा, शुक्लागण्डकी नगरमा हरिबहादुर खड्का तथा म्याग्दे गाउँ समितिमा मनोज अधिकारी नेतृत्वमा चयन भएका छन्।
ऋषिङ गाउँपालिकामा भने अधिवेशन बाँकी रहेको छ। आगामी असार ७ गते हुने केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै देशभर संगठन सुदृढीकरण अभियान चलिरहेको रास्वपाले जनाएको छ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्