|
२०८३ जेष्ठ १५
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले सार्वजनिक गरेको नयाँ बजेटप्रति सकारात्मक धारणा व्यक्त गरेको छ। महासंघका अध्यक्ष अन्जनकुमार श्रेष्ठले बजेटले कर, कृषि, पूर्वाधार र अनुदान प्रणालीजस्ता विषय समेट्न खोजेको बताए।
उनले बजेटको प्रारम्भिक प्रस्तुति उत्साहजनक देखिए पनि यसको प्रभाव कार्यान्वयनमा निर्भर रहने उल्लेख गरे। सरकारले गरेका प्रतिबद्धता व्यवहारमा उतार्न सके अर्थतन्त्र चलायमान बन्ने अपेक्षा निजी क्षेत्रको रहेको उनले बताए।
अध्यक्ष श्रेष्ठले बहुमतको सरकारले अघिल्ला सरकारभन्दा बढी जिम्मेवारीका साथ काम गर्ने विश्वाससमेत व्यक्त गरेका छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्