सामाजिक सुरक्षामा सरकारको जोड, १२० अर्ब बजेट छुट्याइयो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १५

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन १२० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपाङ्गता भएका नागरिकका लागि सबै प्रदेशमा पुनर्स्थापना केन्द्र स्थापना गरिने जानकारी दिए।

यस्तै, अटिजम भएका बालबालिकाका लागि सुविधासम्पन्न आवासीय नमुना विद्यालय सञ्चालनमा ल्याइने सरकारको योजना छ। गिग तथा असंगठित क्षेत्रमा काम गर्ने श्रमिकलाई समेत सामाजिक सुरक्षा र औपचारिक श्रम प्रणालीभित्र समेट्ने घोषणा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *