काठमाडौंका ११ मध्ये ८ वटामा रास्वपाले सक्यो अधिवेशन, टोखा र तारकेश्वरमा सर्वसम्मत्

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ११

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका ११ पालिकामध्ये ८ पालिकामा अधिवेशनगरेको छ । उक्त पालिकामा राष्वपाले अधिवेशन गरेर निर्वाचित समिति गठन गरेको हो ।

कागेश्वरी मनोहरा, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन र बूढानीलकण्ठ नगरपालिकाको अधिवेशन गरेर नयाँ नेतृत्व चयन भएको छ ।

अधिवेशनबाट सभापतिमा चयन हुनेहरूमा चन्द्रागिरीमा जनार्दन केसी, तारकेश्वरमा विनोद चापागाईं, टोखामा सूर्यप्रसाद काफ्ले, नार्गाजुनमा राजन कोइराला, बूढानीलकण्ठमा चिरञ्जीवी पाण्डे, कागेश्वरी मनोहरामा राजकुमार न्यौपाने, गोकर्णेश्वरमा भागवत सापकोटा र दक्षिणकालीमा उमेश आचार्यरहेका छन् ।

अधिवेशन सकिएका दुई पालिकामा सर्वसम्मत् नेतृत्व चयन भएको थियो । अन्य अन्य छ वटामा भने निर्वाचन भएको हो । टोखा र तारकेश्वर सर्वसम्मत नेतृत्व चयन भएको रास्वपाका काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले वताय ।

काठमाडौं, शंखरापुर र किर्तीपुरमा भने अधिवेशन हुन बाँकी छ । काठमाडौं महानगरको जेठ १८ र शंखरापुरको जेठ १३ र कीर्तिपुरको जेठ १४ गतेका लागि अधिवेशन तोकिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *