विपक्षीको अवरोधपछि संसद् बैठक १ि५ मिनेटलाई स्थगित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ७

काठमाण्डौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

सभामुख डोलप्रसाद अर्यालका अनुसार, आजै १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरिएको हो ।

बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा गृहमन्त्री, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ९पहिलो संशोधन० विधेयक २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रधनमन्त्री शाह उपस्थित थिएनन् । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *