अमेरिकी खर्बपति व्यापारी एलन मस्कलाई अमेरिकी अदालतको झट्का

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ५

काठमाण्डौँ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कलाई अमेरिकी अदालतले झट्का दिएको छ । कृत्रिम बौद्धिकता कम्पनी ओपनएआईविरुद्ध मस्कले दायर गरेको मुद्दामा अमेरिकी अदालतले ओपनएआईको पक्षमा फैसला गरेको हो ।

ओकल्यान्डस्थित सङ्घीय अदालतको जुरीले सर्वसम्मत निर्णय गर्दै मस्कले मुद्दा दायर गर्न धेरै ढिलो गरेको ठहर गरेको हो । जुरीले दुई घण्टाभन्दा कम समयमा निर्णय सुनाएको बताइएको छ ।

मस्कले ओपनएआई मानवताको हितका लागि स्थापना भएको मूल उद्देश्यबाट हटेर नाफामुखी बनेको आरोप लगाएका थिए। तर अदालतले कम्पनीलाई जिम्मेवार नठहराएको बताइएको छ।

फैसलापछि मस्कले यसलाई “खतरनाक उदाहरण” भन्दै आलोचना गरेका छन् । मस्कले अब अदालतको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *