काठमाडौं । मेटाले आफ्ना प्रमुख प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा किशोरकिशोरीहरूको सुरक्षा र अभिभावकीय निगरानीलाई थप मजबुत बनाउन नयाँ सुविधाहरूको प्याकेज घोषणा गरेको छ । विशेषगरी अभिभावकहरूलाई आफ्ना बालबालिकाको डिजिटल रुचि र गतिविधिबारे थप जानकारी प्रदान गर्ने उद्देश्यका साथ नयाँ अपडेट ल्याइएको हो ।
मेटाले आफ्ना सबै एपका लागि अभिभावकीय नियन्त्रण सुविधालाई फ्यामिली सेन्टर नामक एउटै केन्द्रीय हबमा एकीकृत गरेको छ । अब अभिभावकले छुट्टाछुट्टै एपमा जानुको सट्टा एकै ठाउँबाट इन्स्टाग्राम, फेसबुक र मेसेन्जरमा आफ्ना टिनएजर छोराछोरीको गतिविधि निरीक्षण गर्न सक्नेछन् । अभिभावकले एउटै इन्भिटेसन पठाएर सबै प्लेटफर्महरूमा निगरानी गर्न सक्ने सुविधा पनि थपिएको छ ।
नयाँ फिचरअन्तर्गत इन्स्टाग्रामले अभिभावकहरूलाई उनीहरूका टिनएजर बालबालिकाले कुन-कुन सामान्य विषयहरू बास्केटबल, फेसन, फोटोग्राफी वा म्युजिकलमा रुचि देखाइरहेका छन् भन्ने जानकारी दिनेछ । यदि कुनै टिनएजरले आफ्नो एल्गोरिदममा नयाँ रुचि थपेमा अभिभावकलाई त्यसबारे नोटिफिकेसन पठाइनेछ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्