मधेशका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठक अन्योलमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १

काठमाण्डौँ । मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिन डाकिएको प्रदेशसभा बैठक अन्योल बनेको छ ।

सत्तागठबन्धन भित्रको आन्तरिक समिकरणमा आएको असन्तुष्टिको कारण अन्योल बनेको हो ।

जसपा नेपालले अझैसम्म विश्वासको मत दिने कि नदिने भनेर दलको निर्णय गर्न सकेको छैन । कांग्रेसबाट मुख्यमन्त्री रहेका यादवलाई आफ्नै पार्टीको शेखर समूहले समेत फ्लोर क्रस गर्ने जोखिम छ ।

गत वैशाख २१ गते जनमतले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्रीको विश्वासको लागि बिहान ११ बजे बैठक डाकिएको थियो ।

तर दिउँसो १ बजेपनि बैठक सुरु हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *