विश्व बजारमा शुक्रवार कच्चा तेलको भाउ बढ्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १

काठमाण्डौँ । विश्व बजारमा शुक्रवार कच्चा तेलको भाउ बढेको छ । चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाबाट तेल खरिद गर्ने संकेत दिएको बताएपछि बजारमा सकारात्मक प्रभाव परेको हो ।

बिहीबार बिहानी कारोबार देखि नै तेलको भाउ बढ्न थालेको थियो । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार १ः५५ बजे लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ १ दशमलव ८६ प्रतिशतले बढेर प्रतिब्यारेल १०७ डलर ६९ सेन्टमा पुगेको थियो ।

सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) पनि २ दशमलव ३० प्रतिशतले बढेर प्रतिब्यारेल १०३ डलर ४९ सेन्टमा किनबेच भइरहेको थियो ।

तेलको मूल्य बढ्नुमा मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव पनि प्रमुख कारण मानिएको छ । विशेषगरी स्ट्रेट अफ होर्मुज क्षेत्रमा जहाजमाथि आक्रमण र नियन्त्रणमा लिने घटनाले आपूर्ति अवरुद्ध हुन सक्ने चिन्ता बढाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *