नेपाल टेलिकमले दूरसञ्चार सेवामार्फत ९ महिना करिब २६ अर्ब रुपैयाँ कमायो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ३१

काठमाण्डौँ । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको मुनाफा र आम्दानी दुवैमा सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२र८३ को तेस्रो त्रैमासिक (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा दूरसञ्चार सेवामार्फत मात्रै करिब २६ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको हो ।

वित्तीय प्रतिवेदन अनुसार कम्पनीको कूल सञ्चालन आय २५ अर्ब ९२ करोड ९६ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१ करोड २० लाख रुपैयाँ अर्थात २.४२ प्रतिशतले बढी हो । विशेषगरी जीएसएम सेवातर्फको राजस्वमा ५७ करोड ७४ लाख रुपैयाँ (२.७६ प्रतिशत) को वृद्धि देखिएको छ । जसले कूल आम्दानी बढाउन मुख्य भूमिका खेलेको छ । त्यस्तै कम्पनीको कूल आय २८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको खुद मुनाफामा समेत राम्रो सुधार देखिएको छ । चैत मसान्तसम्ममा टेलिकमले ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ५६ करोड २४ लाख रुपैयाँ अर्थात् ९.८५ प्रतिशतले बढी हो । नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ४२.३ रुपैयाँबाट बढेर ४६ रुपैयाँ ४७ पैसा पुगेको छ ।

यस पटक नाफा बढ्नुमा सञ्चालन आम्दानीमा भएको वृद्धि मात्र नभई खर्च व्यवस्थापनले पनि सहयोग गरेको देखिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *