जेठ महिनाका लागि बैंकहरूको ब्याजदर यस्तो छ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ३१

काठमाण्डौँ । जेठ महिनाका अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन् । बैंकहरूले प्रकाशन गरेको ब्याजदर तालिका अनुसार यो महिनामा ६ बैंकले ब्याजदर घटाउँदा २ बैंकले सामान्य बढाएका छन् भने १२ बैंकको ब्याजदर स्थिर रहेको छ ।

प्रकाशित तालिका अनुसार एनएमबि बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक, नेपाल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले ब्याजदर केही घटाएका छन् ।

एनएमबि बैंकले व्यक्तिगततर्फको ब्याजदरमा ०.२ प्रतिशत विन्दुले घटाएको छ । संस्थागततर्फ भने ब्याजदर स्थिर राखेको छ । एनआईसी एसिया बैंकले व्यक्तिगत र संस्थागत दुवैतर्फ ०.२५ प्रतिशत विन्दुले घटेको छ।

हिमालयन बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत विन्दुले घट्दा संस्थागत स्थिर रहेको छ । नेपाल बैंकको ब्याजदर व्यक्तिगततर्फ ०.२५ प्रतिशत विन्दुले घटेको छ भने संस्थागततर्फ ब्याजदर स्थिर राखेको छ ।

उता स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र संस्थागततर्फ ०.२७ प्रतिशत विन्दुले घटेको छ। कुमारी बैंकको व्यक्तिगततर्फ ०.०९ र संस्थागततर्फ ०.४९ प्रतिशत बिन्दुले ब्याजदर घटेको छन् ।

उता सिद्धार्थ बैंक र सिटिजन्स बैंकको व्याजदर भने झिनो बढेको छ । सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०।०५ प्रतिशत विन्दुले बढाउँदा संस्थागततर्फ स्थिर रहेको छ । सिटिजन्स बैंकको भने संस्थागततर्फ ०.५ प्रतिशत विन्दुले बढाउँदा व्यक्तिगततर्फ ०.०५ प्रतिशत बिन्दुले घटेको छ ।

बाँकी बैंकहरूको व्यक्तिगत र संस्थागत दुवै ब्याजदर वैशाख र जेठ महिनामा समान छ । यसरी ब्याजदर परिवर्तन नगर्ने बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र एभरेष्ट बैंक रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *