पार्टीको केन्द्रीय कार्यसमितिमा गरिएको पछिल्लो मनोनयनप्रति पूर्णबहादुर खड्काको असन्तुष्टि

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २९

काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको केन्द्रीय कार्यसमितिमा गरिएको पछिल्लो मनोनयनप्रति असन्तुष्टि जनाएका छन् ।

विशेष महाधिवेशनबाट गठित कार्यसमितिको विस्तारका क्रममा वैशाख २८ गते गरिएको निर्णयले पार्टीको बृहत्तर र सम्पूर्ण एकता गर्ने उद्देश्यमा ठेस पुर्‍याएको उनको ठहर छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले मनोनयनको विषयमा आफूसँग कुनै छलफल वा परामर्श नभएको र यसबारे आफूलाई जानकारी समेत नरहेको स्पष्ट पारेका छन् । मुलुकको राष्ट्रियता इतिहासकै जोखिमपूर्ण अवस्थामा रहेको र लोकतन्त्रका आधार स्तम्भमाथि निरन्तर आक्रमण भइरहेको बेला पार्टी विभाजित हुनु घातक हुने उनले उल्लेख गरेका छन् ।

केही समयअघि सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँगको सामूहिक भेटमा आफूले पार्टीलाई पूर्ण रूपमा एक बनाउने अभियानमा लाग्न अनुरोध गरेको उनले स्मरण गराएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *