प्रधानमन्त्रीले संविधानको धज्जी उडाएको गगन थापाको टिप्पणी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २५

काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा कांग्रेस सभापति थापाले यस्तो टिप्पणी गरेका हुन् ।

संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीको दादागिरी चल्नुहुँदैन भनेर संविधानमा नै त्यस्तो व्यवस्था गरिएको भन्दै थापाले प्रधानमन्त्रीले कम्प्लेटली त्यसको धज्जी उडाएको बताएका हुन् ।

बिहीबार बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा न्यायाधीश डा। मनोज शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *