कांग्रेस संसद् समन्वय बोर्डको बैठक आज बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २२

काठमाडौं । नेपाली कांग्रेसले संसद् समन्वय बोर्डको बैठक बोलाएको छ । कांग्रेसले पहिलोपल्ट संसद् समन्वय बोर्डको बैठक आजका लागि बोलाएको हो ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार दिउँसो ३ बजे बजे संसद् समन्वय बोर्डको बैठक बस्ने जानकारी दिए ।

संसदीय दलको विधान (संशोधन र परिमार्जनसहित, २०८३) को धारा २१ बमोजिम गठन भएको बोर्डको प्रथम बैठकमा उपस्थितका लागि बोर्ड सदस्यहरूलाई आग्रह गरिएको उनले बताए ।

कांग्रेस संसदीय दलको विधानमा संसदीय दल कार्यसमितिको नाम परिवर्तन गरेर संसद् समन्वय बोर्ड बनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *