गुडिरहेको विमानमा जब यात्रुले आपतकालीन ढोका खोलेपछि….

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २०

काठमाडौं । चेन्नई इन्टरनेसनल एयरपोर्टमा एक ठुलो विमान दुर्घटना हुनबाट जोगिएको छ ।

विमान ट्याक्सीवेमा अगाडि बढिरहेको बेला एक यात्रुले अचानक आपतकालीन ढोका (इमर्जेन्सी गेट) खोलिदिएपछि विमानमा सवार यात्रुहरूमा खैलाबैला मच्चिएको थियो, तर पाइलटको सुझबुझले विमानलाई तत्काल रोकेपछि ठुलो दुर्घटना टरेको हो ।

घटना आइतबार अर्थात् मे ३ को बिहान भएको हो । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहबाट चेन्नई पुगेको एयर अरेबियाको उक्त उडानमा २३१ यात्रु सवार थिए ।

इन्डिया टुडेको रिपोर्टअनुसार विमान ट्याक्सीवेमा (रनवे र टर्मिनल जोड्ने तोकिएको बाटो) अगाडि बढिरहेको बेला पुदुकोट्टईका ३४ वर्षीय एक युवकले अचानक आपतकालीन निकास (इमर्जेन्सी एग्जिट) ढोकाहरूमध्ये एउटा खोलिदिएका थिए ।

पाइलटले खतरा महसुस गरी तत्काल विमानलाई ट्याक्सी पार्किङ एरियामा रोके । उनले यो सम्पूर्ण घटनाबारे अधिकारीहरूलाई जानकारी गराए । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै भारतको सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्सका जवानहरू, बम डिस्पोजल स्क्वायड र सशस्त्र दस्ता तत्काल घटनास्थलमा पुगेका थिए ।

फोर्सका अधिकारीहरूले तुरुन्त कारबाही गर्दै आरोपी यात्रुलाई गिरफ्तार गरेका थिए । विमानका पाइलटले यस मामिलामा औपचारिक उजुरी पनि दर्ता गराएका छन् । अधिकारीहरूले ती यात्रुसँग सोधपुछ गरिरहेका छन् र उनको मानसिक अवस्थाबारे पनि जाँच भइरहेको इन्डिया टुडेले लेखेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *