बारामतीमा उपमुख्यमन्त्री पवार सवार चार्टर्ड विमान दुर्घटनाग्रस्त, अवस्था गम्भीर

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ १४

भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान बुधबार बिहान बारामतीमा दुर्घटनामा परेको छ। अवतरणको क्रममा विमान रनवेबाट चिप्लिएपछि दुर्घटना भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।

दुर्घटनामा उपमुख्यमन्त्री पवार गम्भीर घाइते भएको बताइएको छ। उनी जिल्ला परिषद् निर्वाचनसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामतीतर्फ जाँदै थिए। घटनापछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।

विमानमा उपमुख्यमन्त्रीसँगै उनका निजी सहायक, सुरक्षाकर्मी र चालकदलका सदस्यहरू पनि सवार थिए। दुर्घटनामा उनीहरू सबै घाइते भएको जनाइएको छ, यद्यपि सबैको अवस्था एकनासको नरहेको बताइएको छ।

दुर्घटनाको कारणबारे हालसम्म आधिकारिक पुष्टि भइसकेको छैन। प्राविधिक खराबी वा आपतकालीन (क्र्यास) ल्यान्डिङका कारण दुर्घटना भएको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको छ।घटनास्थलबाट सार्वजनिक तस्बिर तथा भिडियोमा विमानमा आगलागी भई बाक्लो धुवाँ फैलिएको देखिन्छ। विमानका जलेका अवशेषहरू रनवे आसपास छरिएका छन्। सुरक्षाकर्मी र उद्धार टोलीले तत्कालै राहत तथा उद्धार कार्य सञ्चालन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *