छिटो काम गर्न अध्यादेश ल्याएको कानुनमन्त्रीको प्रष्टीकरण

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २०

काठमाडौँ । कानुनमन्त्री सोविता गौतमले सरकारले छद्म उद्देश्य पूर्तिका लागि नभई छिटो काम गर्नका लागि अध्यादेश ल्याएको बताएकी छन् ।

सरकारले छ अध्यादेश ल्याएपछि कतिपयबाट आलोचना भइरहेका बेला कानुनमन्त्री गौतमले सो स्पष्टीकरण दिएकी हुन् ।

सामाजिक सन्जाल फेसबुकमा पोष्ट गरिएको एक भिडियोमा उनले भनेकी छन्, ‘यो अध्यादेश कुनै छद्म उद्देश्य पूर्ति गर्नका लागि ल्याइएको होइन । यो राम्रो काम गर्नको लागि, छिटो काम गर्नका लागि र सरकारलाई अझ प्रभावकारी रुपमा जनताका मुद्दा समाधान गर्नका लागि ल्याइएको हो ।’

संसदमार्फत् फास्ट ट्र्याकमा काम गर्दा पनि कानुन निर्माणमा कम्तिमा तीनरचार महिना लाग्नसक्ने भन्दै उनले छिटो काम गर्न अध्यादेश ल्याउनुपरेको उनको तर्क छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका सबै अध्यादेशहरु संसदमा पेस गर्ने जानकारी पनि उनले दिइन् । अध्यादेशहरु ६० दिनभित्र संसदबाट पास गर्नुपर्ने कानुनी व्यवस्था छ ।

केही क्षेत्रमा कानुनको अभाव वा अस्पष्टता भएका कारण काम अघि बढाउन कठिन भइरहेकाले त्यस्ता कानुनी अवरोधहरु हटाएर तुरुन्त निर्णय गर्न कानुन आवश्यक परेकाले अध्यादेश ल्याएको उनको भनाइ छ ।

संविधानको धारा ११४ मा अध्यादेश जारी गर्ने अधिकार सरकारलाई रहेकाले सोही अधिकार प्रयोग गरेको उनले बताएकी छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *