मधेस प्रदेश सरकारद्धारा आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया तीव्र

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १८

काठमाडौँ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया तीव्र बनाएको छ । प्रदेशको अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयसँग आवश्यक योजना र कार्यक्रमको विवरण माग गर्दै बजेट निर्माणको तयारी तीव्र बनाएको हो ।

यसपटक मधेस सरकारले विगतका अनुभवलाई आधार बनाएर बजेटको आकार घटाउने रणनीति लिएको छ । हरेक वर्ष आयस्रोतको यथार्थ मूल्याङ्कन नगरी अनुमानकै भरमा ठुलो आकारको बजेट ल्याउँदा कार्यान्वयनमा समस्या देखिएको, बजेट घाटा बढेको र धेरै योजना अधुरै रहने अवस्था दोहोरिएकाले यसपटक व्यावहारिक बजेट निर्माणमा जोड दिइएको हो ।

प्रदेशका अर्थमन्त्री महेश यादवले बजेट निर्माणका लागि सम्बन्धित मन्त्रालयहरूलाई बजेट सीमा निर्धारणको प्रक्रिया अघि बढाइएको बताए । उनका अनुसार आगामी बजेट खर्च गर्न सकिने र कार्यान्वयनयोग्य योजनामा केन्द्रित हुनेछ ।

चालु आर्थिक वर्षका लागि मधेस सरकारले करिब ४७ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो, तर आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाएर बढीमा ३२ अर्ब रुपैयाँमा सीमित गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *