|
२०८३ बैशाख १६
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनको टिकटबारे कसैलाई पनि आश्वासन नदिन निर्देशन दिएका छन् । बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको अनौपचारिक बैठकमा रविले निर्देशन दिएका हुन् ।
रास्वपाले २०८४ सालमा हुने स्थानीय तह र प्रदेशसभा सदस्य निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्नका लागि रास्वपाले वैशाख २० गतेदेखि ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसको संयोजनको जिम्मा सहमहामन्त्री विपिन कुमार आचार्यलाई दिएको छ ।
‘आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि क्यान्डिडेट क्लब को अभ्यास हुँदैछ।
तसर्थ, कसैले कसैलाई आगामी निर्वाचनको टिकट बारे कुरा कसैलाई पनि कुनै प्रतिबद्धता नगर्न निर्देशन छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्