रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटका लागि सुझाव माग्यो

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १६

काठमाण्डौँ । आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी र योग्यतामा आधारित बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहकार्य सुरु गरेको छ । पार्टीले सबै निर्वाचन क्षेत्र समितिहरूबाट उम्मेदवार छनोटको रूपरेखा निर्माणका लागि आधिकारिक रूपमा सुझाव माग गरेको हो ।

रास्वपाको वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले सह–महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्याण्डिडेट क्लब सम्पादन समिति’ गठन गरेको थियो । सोही समितिको वैशाख १४ गते बसेको बैठकले देशभरका निर्वाचन क्षेत्र समितिहरूबाट सुझाव सङ्कलन गर्ने निर्णय गरेको सचिव आरके ढुङ्गानाद्वारा जारी पत्रमा उल्लेख छ ।

पार्टीले सबै निर्वाचन क्षेत्र समितिहरूलाई आफ्नो समितिमा गहन छलफल गरी व्यवहारिक, वस्तुनिष्ठ र कार्यान्वयन योग्य सुझावहरू तयार पार्न निर्देशन दिएको छ ।

संघीय निर्वाचनको अनुभव र सिकाइका आधारमा आगामी स्थानीय निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियालाई अझ बढी वैज्ञानिक, विश्वसनीय र जनमुखी बनाउने रास्वपाको लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *