सुकुमबासीहरु डोजर रोक्न माग गर्दै पुगे रास्वपा कार्यालयमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ११

काठमाडौं । सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी गरेसँगै प्रभावित स्थानीयहरू विरोधमा उत्रिएका छन् । डोजर चलाउने निर्णय रोक्न माग गर्दै सुकुम्बासीहरू शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय पुगेका हुन् ।

प्रदर्शनको सम्भावित तनावलाई ध्यानमा राख्दै कार्यालय परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ र सुरक्षा व्यवस्था कडा पारिएको छ। सरकारको निर्देशनअनुसार प्रहरीले बिहीबार साँझदेखि नै प्रभावित क्षेत्रमा माइकिङ सुरु गरेको थियो ।

सुकुम्बासीहरूलाई शुक्रबार साँझसम्म बस्ती खाली गर्न सूचना दिइएको छ । आज दिनभर पुनः माइकिङ जारी राखिने र शनिबार बिहानैदेखि डोजर चलाउने तयारी गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *