|
२०८३ बैशाख ११
काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने ‘मित्र राष्ट्र’ का जहाजलाई टोल फिमा छुट दिएको छ । छुट पाउने देशहरूमा रुस पनि रहेको बताइएको छ । मस्कोस्थित इरानी राजदूत काजेम जलालीले रुसी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार केही देशहरूलाई विशेष छुट प्रदान गरिएको छ ।
उनका अनुसार, हाल इरानको विदेश मन्त्रालयले यस्ता छुटको उपयोग गर्दै रुस जस्ता मित्र राष्ट्रहरूका लागि सुविधा सुनिश्चित गर्न प्रयास गरिरहेको छ ।
यसअघि इरानले अमेरिका र इजरायलसँगको द्वन्द्वबिच स्ट्रेट अफ होर्मुज भएर आउने जाने जहाजसँग टोल फि उठाउने योजना अघि सारेको थियो । बिहीबार इरानी संसद्का उपसभामुख हमिदरेजा हाजिबाबाईले टोल फि बापतको एक किस्ता रकम इरानी केन्द्रीय बैंकको खातामा जम्मा भएको बताएका थिए ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्