|
२०८३ बैशाख ११
काठमाडौं — हर्क साम्पाङले सुकुमबासी बस्ती हटाउने सरकारको तयारीप्रति तीव्र असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत् उनले सरकार धनीको होइन, गरिब र असहायको पक्षमा उभिनुपर्ने बताएका छन्।
साम्पाङले रवि लामिछानेलाई प्रश्न गर्दै सुकुमबासी बस्ती भत्काउने निर्णय रास्वपाकै हो कि होइन भन्ने स्पष्ट पार्न आग्रह गरेका छन्। उनले विगतमा सुकुमबासीलाई धनीपूर्जा दिने वाचा गरेर भोट मागिएको उल्लेख गर्दै अहिलेको कदम त्यसको विपरीत भएको आरोप लगाए।
उनको भनाइमा सरकारको कर्तव्य कमजोर र असहायलाई सहारा दिनु हो, न कि उनीहरूको आधार खोस्नु। उनले शासकहरू जनताको वास्तविक पीडा बुझ्न नसकेको भन्दै आलोचना गरेका छन्।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्