|
२०८३ बैशाख ८
काठमाण्डौँ । अडियो प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सागरशम्सेर जबरालाई लिनम्बनको प्रक्रिया अघि बढाइएको छ ।
वरिष्ठ सई जबराले आफ्नै कार्यालयका प्रमुख तथा संगठनलाई बद्नाम गराउने उद्देश्यले व्यापारीसँग आफैंले फोन गरी बनावटी कथा रचेर अडियो बनाई प्रचार गरेको आरोप छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका एसपी तथा सहायक प्रवक्ता भेषराज रिजालले एक विज्ञप्ति जारी गर्दै वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको जानकारी गराएका हुन् ।
वरिष्ठ सई जबरा र रामजी महासेठ नाम गरेका व्यापारीबीचको टेलिफोन संवाद बाहिरिएको छ । उक्त संवादमा डीआईजीलाई रकम बुझाउनेबारेका कुराहरू गरिएको छ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्